Nepali

मार्क्सवादीहरुले सन १९४९ को चिनिया क्रान्तिलाई उल्लेखनिय मान्दछन । साईनो -सोभियत सम्बन्ध चिसिएसङ्गै स्वभाविक रुपमा माओका धेरै नाराहरु नोकर्शाही सोभियत रुसको विकल्पमा विश्वभर गुन्जिए । तथापी वास्तविक मार्क्सवादी विचार र माओवादी विचारमा महत्वपूर्ण भिन्नताहरु रहेका छन जस्लाई स्पस्ट पार्न जरूरी छ।

सर्वप्रथम, समाजवाद निरपेक्ष रूपमा उच्च स्तरीय उत्पादनमा आधारित हुन्छ । समाजवादको न्युनतम् अवस्थाका लागि पुँजीवादको उच्चतम् अवस्था हुनुपर्दछ । यदि आज विश्वमा सबै खालको समस्या उत्पादनका साधनहरूको असमान वितरणको कारणले भएको हो भने, यसको एउटामात्र समाधान भनेको आवश्यकता भन्दा अधिक उत्पादन गरेर मान्छेले एकअर्कालाई शोषण गर्ने कुनै बहाना नछोडी लोकतान्त्रीक ढंगले उत्पादनको न्यायोचित वितरण गर्नु हो ।माक्र्स, एङ्गेल्स, लेनिन र ट्रटस्कीको कुनै पनि लेखहरूमा उनीहरूले एउटा राष्ट्रमा मात्र समाजवाद स्थापना हुन्छ भनेर लेखेको भेटिँदैन । स्टालिनवादको एउटा  राष्ट्रमा समाजवादी राष्ट्रियताको विचारसँग माक्र्सवादको (जसको मान्यता सधैं अन्तराष्ट्रियतावादसँग रहेको छ ) कुनै सम्बन्ध छैन ।